News / Activities


Our Latest Publications

Quotations from Devkota

FAME

"Love of fame, as Milton put it, is the last infirmity of a noble mind. I should, however, regard it as the first infirmity of the literary aspirant."      -- "Pulling Down the Higher Leg"

GOD

"God is the only consolation, your last stay." --"Life is the richest feast"

MODERNITY

"These are bad times for men… Our land is gone
Into the foulest conflicts in the minds,
Struggles for interests and nervous fears,
Misapprehensions that must terrify
Even the mightiest. People half awake 
To the clear vision of a soul inspired 
Flounder in doubt and into the mazes go,
And their tendencies sharpen steelward. Men 
With good intention find no worthy channel
For their expression. And modernity
With her new-fangled natures and her spell
Produces sad illusions…"    -- “The Mirror of Life”

MORALITY

"Can you doom human beings to famished wolfdom in your society or your state and expect normal standards of moral behaviour from them?" -- "An Apology for the Child-Eater"

NON-VIOLENCE

Non-violence is a force, a working Power.
It is the soul's direction to a law.
It means not Death, no sleep to all the hour,
It means spiritual potence without a flaw. -- Bapu and Other Sonnets xxvi

TYRANNY

To be God oneself without responsibility is mere tyranny. -- "The Sphinx's Riddle of a Double Government in Nepal"

आमा

“हाम्रो आर्य सभ्यताको श्रेष्ठता नै जननीभावको श्रद्धामा निर्भर छ ।” -- “आमाको दिल,” लक्ष्मी निबन्ध संग्रह

कला

“कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन हो ।” -- “कला र जीवन”

जमाना

जमीन्दारका पुत्र छन् साम्यवादी,
छ कालो बजारी त झंडा फिंजारी । 
निजी गोटिचाला नबन्ने हरायो 
जवाना अनौठा नयाँ आज आयो ।
   -- "नयाँ जमाना" बाट, मनोरञ्जन

प्रेम

प्रेमै हो सिर्जनाको प्रथम विधि यही विश्व–आधार जान ।
    प्रेमै हो दिव्यताको मधुमय करुणा प्रेम हो विश्व प्राण ।।
प्रेमैले मिल्छ तारा, यसकन सबको धर्मको तत्त्व जान ।
    हेलाँ हो पाप भन्ने बुझ नृपवर, यो प्रेम हो दिव्य गान ।। 

   -- नेपाली शाकुन्तल महाकाव्य 

भाषा

माटोले स्पंद पाई किरणसँग जहाँ प्यारको भो प्रसूति,
भाषा खोज्दै उठ्यो त्यो तृण, कुसुम भई, गाउँदै अश्रुगीति,
पंछी भै त्यो छचल्क्यो श्रवण विवरमा, वेदना बोल्छ साफ !
भाषा हो काल सारा बिउँझिनु दिलमा – दिव्य वक्सीस, श्राप ! 
   -- "जुरेलीको गान"

 

मानिस

मै–मै–मै यति शब्द हुन्छ पशुको घाँसै सदा खोज्दछ,
आफ्नै निम्ति जगत् बुझेर त्यसले आराम नै रोज्दछ ।
आर्का निम्ति म दु:ख पाउँ र गरूँ भन्ने नभै भावना,
बोकोबाट उठेर मानिस हुनू सार्‍है छ गार्‍हो सुन ।।

   -- “मानवता : मानिसपना”

 

शब्द

सेनामा बल छैन, छैन दलमा या शस्त्रमा अस्त्रमा,
जस्तो शक्ति छ शब्दका लहरमा सेतो सफा वस्त्रमा ।
यौटै शब्द बनी सजीव, जगको निर्माणमा नाश छ ,
जो लेख्छन् कविवर्ग त्यो सहजनै चिर्दो ह्दाकाश छ ।

   -- महाराणा प्रताप 

सौन्दर्य

जरूर, साथी !
म सुन्दर चकोर, असुन्दर–फोर !
चिडिया, स्वर्गाग्नि–चोर !
तूफानपुत्र !
पागल ज्वालामुखीको उद्गार !
भयंकर व्यक्तित्वपाल !
जरूर, साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाला !

   -- “पागल” 

छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी ।

   -- नेपाली शाकुन्तल महाकाव्य : ९.३०