News / Activities


Our Latest Publications

Gatividhi 1

महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र, २०६२

गतिविधि

वर्ष १ अङ्क १ कात्र्तिक २०६२

 
आरम्भ र स्थापना

महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) ले नेपाल र नेपाली साहित्यिक जगतको विकासमा अविस्मरणीय योगदान दिनु भएको तथ्य सर्वविदित छ । प्रजातन्त्र र मानव मूल्यहरू स्थापना गर्न २००४ सालमा आफ्नो घरबार त्यागी रणभूमिमा समेत उत्रिनु भएका देवकोटाले विभिन्न साहित्यिक विधाहरूमा उत्कृष्ट कृतिहरू जन्माउनु भएको छ । साथै देश विदेशका विभिन्न सम्मेलनहरूमा नेपालको नेतृत्व गरी अनुवाद र अंग्रेजी मौलिक सिर्जनाका माध्यमबाट नेपाल र नेपाली साहित्यको राम्रो चिनारी दिनु भएको पनि छ ।  
यस्ता महाकविको प्रचार र प्रशार तथा स्तरीय अनुसन्धानको तर्फ ठोस काम हुन बॉकी देखिएको र साथै उहॉको जन्मघर एवं कवि कुञ्जको संरक्षण गरी संग्रहालयमा परिणत गर्न, उहॉका छरिएका पाण्डुलिपिहरूको खोजखबर गरी प्रकाशन र प्रचार गर्न र उहॉले प्रयोग गर्नु भएका सामग्रीहरू जतन गरेर संग्रहालयमा राख्न आवश्यक मात्र हैन कि अत्यन्त्यै जरुरी भइसकेको समेत महसूस गरी महाकविका कृतिहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउन र अध्ययन, अध्यापन, अनुसन्धान तथा प्रकाशन गर्न विभिन्न कार्यक्रम सहित अगाडि बढ्नका लागि “महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र” को स्थापना भएको हो ।
    महाकवि देवकोटाका भौतिक सम्पदा संरक्षित हुनु पर्ने कुरामा सचेत नागरिक समाजको दुई मत नभएको कुरालाई दृष्टिगत गरी देवकोटा बन्धु समाजले महाकवि देवकोटाको सम्पदा संरक्षण गर्न कटिबद्ध भयो । २०६१ असोज १७ गते महाकविका “ती अमूल्य र ऐतिहासिक निधिलाई संग्रहालय वा अध्ययन केन्द्र वा अन्य कुनै प्रतिष्ठानको रुपमा विकाश गर्न यौटा संरक्षण कोष स्थापना गर्न अत्यन्तै जरुरी भैसकेको” महसूस गरी काठमाण्डौ महानगरपालिका कार्यालय परिसरमा का.मु. कार्यकारी अधिकृत श्री कृष्णप्रसाद देवकोटा समेत ८ जना को बैठकले त्यसै सालको आगामी विजया दशमी र तिहारको बीचमा काठमाण्डौमा एउटा बृहत् प्रारम्भिक छलफल कार्यक्रम गर्न का.म.पा.बाट आवश्यक व्यवस्था गरिदिन अनुरोध गर्ने निर्णय गर्‍यो ।
२०६१ कात्र्तिक १० गते पुरातत्व विभागका महानिर्देशक श्री कोषप्रसाद आचार्यज्यूको कार्यकक्षमा बसेको अर्को बैठकले बृहत् छलफल कार्यक्रमको निम्ति नामावली तयार गरेपछि २०६१ कात्र्तिक २१ गते काठमाण्डौ महानगरपालिकाले वागदरवारमा सो कार्यक्रम आयोजना गर्‍यो । विभिन्न क्षेत्रका ६३ जना महानुभावहरूको सभाले महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्पदा संरक्षण कोषको रुपमा एउटा संस्था स्थापना गर्न के गर्न सकिन्छ अध्ययन गरी सुझाव समेत पेश गर्न श्री कोष प्रसाद आचार्यज्यूको संयोजकत्वमा १७ जनाको तदर्थ समिति गठन गर्‍यो । यस तदर्थ समितिको २०६१ फाल्गुण १५ गतेको बैठकले सो कार्य शीघ्र तय गरेर महिना दिन भित्र प्रतिवेदन तयार पार्न यौटा ५ सदस्य रहेको कार्यदल श्री किरण प्रसाद ढुंगेलज्यूको संयोजकत्वमा गठन गर्‍यो । 
    २०६२ वैशाख १९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्पदा संरक्षण कोष तदर्थ समितिको का.म.पा. बोर्ड हलमा बसेको दोस्रो बैठकले कार्यदलले पेश गरेको प्रतिवेदनलाई केही संशोधन सहित स्वीकृत गर्‍यो । 
    अनि, २०६२ जेठ ४ मा देवकोटा सदन मैतीदेवीमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव श्री गीता केशरीज्यूको अध्यक्षतामा बसेको महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्पदा संरक्षण कोष तदर्थ/तयारी समितिको बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सुझाव समेतलाई समावेश गरी संस्था दर्ता प्रकृया अगाडि बढाउन र संस्था दर्ता भइसकेपछि कार्यकारिणी समितिको निर्वाचन नभएसम्म संस्थाको तर्फबाट गर्नु पर्ने संम्पूर्ण कार्य सम्पादन गर्न पद्म देवकोटाको अध्यक्षतामा ७ सदस्य रहेको तदर्थ/प्रबन्ध समितिको गठन गर्‍यो जसले आफै मध्येबाट सहमतिको आधारमा संस्था दर्ताको प्रयोजनलाई समेत ध्यानमा राखी निम्न पदहरू समेत चयन गर्‍यो :–
१। श्री पद्म देवकोटा — अध्यक्ष
२। श्री वुद्ध कुमार देवकोटा — उपाध्यक्ष
३। श्री शारदा अधिकारी — सचिव
४। श्री शरद ठाकुर — कोषध्यक्ष
५। श्री जितेन्द्र नाथ रिमाल — सदस्य
६। श्री गोविन्द प्रसाद ढकाल — सदस्य
७। श्री खेम कुमार अर्याल — सदस्य
यस प्रबन्ध समिति गठन भएको बैठक समेतमा जम्मा ८२ जना महानुभावहरूले आआफ्ना राय सल्लाहा साथै विभिन्न बैठकमा विभिन्न रुपमा सहयोग गर्दै आउनु भएको थियो ।
२०६२ जेठ १६ गतेको दिन श्री ५ को सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालयमा “महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र” नाम गरेको संस्था दर्ता (नं. ६१८।०६१।०६२) भयो । 

उद्देश्यहरू

यस महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रका मूल उद्देश्यहरू निम्न बमोजिम छन्:—
(क) यो मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
(ख) महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवि–कुञ्जसंरक्षण गरी त्यसलाई महाकविले प्रयोग गर्नु भएका सामग्रीहरूको संग्रहालयको रुपमा विकास गर्ने र जन्मघरको संरक्षण गरी सदुपयोग गर्ने ।
(ग) महाकविका लेख रचनाको खोजखबर गरी पाण्डुलिपिहरूको संरक्षण गरी प्रकाशन, अनुवाद तथा प्रचार गर्ने ।
(घ) नेपाली साहित्य, अध्ययन, अनुसन्धान तथा प्रकाशन गर्दै विदेशमा समेत प्रचार गर्ने र विदेशी साहित्यको स्वदेशमा चर्चा गर्ने तथा यस केन्द्रलाई अनुसन्धान संस्थाको रुपमा विकास गर्ने ।
(ङ) सिर्जनशीलताको कदर र प्रोत्साहन गर्ने ।
कार्यक्रम

माथि उल्लिखित उद्देश्यहरूको प्राप्तिका लागि केन्द्रले देहायका कार्यहरू गर्न कटिबद्ध रहेको छ :—
(क) महाकविज्यूको जन्मघरलाई संरक्षण गरी साहित्य प्रेमीहरूको मन्दिरको रुपमा विकाश गर्ने । 
(ख) राष्ट्रको साहित्य तथा कला कोैशललाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा विभिन्न माध्यम द्वारा व्यापक प्रचार प्रसार गर्ने गराउने । 
(ग) महाकविज्यूले प्रयोग गर्नु भएका सामग्रीहरूको संकलन गरी संग्रहालय एवं पुस्तकालयहरूको स्थापना तथा संचालन गर्ने । 
(घ) महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा नेपाली साहित्यको अध्ययन, अनुसन्धानको लागि आवश्यक पूर्वाधारको विकास एवं विस्तार गर्ने ।
(ङ) नेपाली साहित्य र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनको आयोजना गर्ने ।
(च) महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत अन्य स्रष्टाहरूको नाउमा पुरस्कारको स्थापना र वितरण गर्ने ।
(छ) अनुसन्धानमूलक लेखहरूको प्रकाशन गर्ने ।
(ज) छापाखाना (प्रेस) तथा प्रकासन गृह स्थापना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत अन्य स्रष्टाका कृतिहरू प्रकासन गर्ने, गराउने ।
(झ) तोकिए वमोजिमका अन्य कार्यहरू गर्ने, गराउने ।

केन्द्रका गतिविधिहरू

    संस्थाका उपरोक्त उद्देश्यहरू पूरा पार्न केन्द्र स्थापना भएदेखि हालतक निम्न कार्यहरू सम्पन्न गर्दै आएको छ :–
१। महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र दर्ता भएको लगत्तै पछि महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्पदा संरक्षण कोषका सचिव श्री नरेन्द्र राज श्रेष्ठज्यू, का.म.पा. सम्पदा संरक्षण विभाग, मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सो केन्द्रको स्थापना भएको जानकारी दिइयो । 
२। महाकवि देवकोटा केन्द्रको कार्यालय कवि–कुञ्जमा महाकविकै कोठामा अस्थायी रुपमा राख्न केही आवश्यक सरसामानको व्यबस्था गरियो । 
३। महाकवि देवकोटा केन्द्रको प्रेरणा पाएर महाकविका परिवारले उहाँका कृतिहरू प्रतिलिपि अधिकार रेजिष्ट्रारको कार्यालयमा दर्ता गर्ने कार्य अगाडि बढाइरहेको छ ।
४। महाकवि देवकोटा केन्द्रले अनुसन्धानलाई सघाऊ पुर्‍याउने हेतुले उहाँका प्रकाशित र अप्रकाशित कृतिहरू र तिनै कृतिहरू उपर लेखिएका लेख, रचना, पुस्तक, आदिका अभिसूचि तयार पार्ने काम शुरु गरिसकेको छ ।
५। महाकवि देवकोटा केन्द्रले आवश्यकता अनुशार प्रा.डा. श्री श्रीधर लोहनीज्यूलाई आफ्नो सल्लाहकारमा चयन गरेको छ ।
६। महाकवि देवकोटा केन्द्रले प्रत्येक महिनाको अन्तिम शनिबारको दिन कुनै साहित्यिक कार्यक्रम संचालन गर्ने योजना राखेको छ । 
७। महाकवि देवकोटा केन्द्रको २०६२ आषाढ १६ को वैठकको निर्णय अनुसार श्री ५ को सरकार संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री श्री माननिय बुद्धराज बज्राचार्यज्यूलाई २०६२ असार १७ का दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको भौतिक संपदा संरक्षण बारे आवश्यक कार्वाही तथा मार्गनिर्देशनको निम्ति पत्राचार गरियो ।
८। महाकवि देवकोटा केन्द्रले २०६२ भाद्र २२ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूका प्रतिलिपि अधिकार नविकरण गर्न अनुरोध गरी पत्राचार गरेको छ ।
९। महाकवि देवकोटा केन्द्रले यसको २०६२ भाद्र ४ को वैठकको निर्णय अनुशार २०६२ भाद्र १६ को कान्तिपुरमा (पृष्ट १४) महाकविका रचनाहरू स्वीकृतिविना नछाप्न सवैलाई अनुरोध गरेर सूचना प्रकाशन गरेको छ ।
१०। महाकवि देवकोटा केन्द्रले २०६२ आश्विन ३ गते समाज कल्याण परिषद्को आबद्धताको प्रमाण–पत्र र श्री ५ को सरकार अर्थ मन्त्रालयको आन्तरिक राजरश्व विभागबाट अस्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र पनि लिएको छ ।
११। महाकवि देवकोटा केन्द्रले राष्ट्रिय प्रतिभा स्मारक कोषबाट अनुदान माग्न आवश्यक निवेदन दिएको छ ।

मासिक कार्यक्रमहरू

१। परिचयात्मक कार्यक्रम : २०६२ आषाढ ११ गते दिउँसो ३ बजे यस केन्द्रको कवि–कुञ्ज मैतीदेवीस्थित कार्यालयमा केन्द्रको प्रथम परिचयात्मक कार्यक्रम सम्पन्न भयो । प्राध्यापक डाक्टर चुढामणि बन्धुले महाकवि बारे प्रवचन दिनु भयो र केन्द्रले भविष्यमा गर्नु पर्ने र सक्ने केही कार्यहरू प्रस्ताव पनि राख्नु भयो । केन्द्रका अध्यक्षले यसको दर्ता हुनु अगाडिको इतिहास संक्षिप्तमा बताउनु भयो । 

२। प्रवचन : २०६२ भाद्र २५ गते डा. महादेव अवस्थीले महाकवि देवकोटाको खण्डकाव्यकारीता उपर प्रवचन दिनु भयो । उहाँले महाकविले ३७ वटा खण्डकाव्य लेख्नु भएको कुरा बताउँदै तिनीहरूको विषयवस्तु र शैलीगत विभाजनहरूमा पनि प्रकाश पार्नु भयो । 

३। प्रवचन : २०६२ आश्विन २२ गते प्राध्यापक डाक्टर केशव प्रसाद उपाध्यायज्यूबाट महाकविका नाटकहरू उपर प्रवचन कार्यक्र सम्पन्न भयो । उहाँले सावित्री–सत्यवान र कृषि–वालालाई विभिन्न दृष्टिकोणबाट हेर्दै महाकवि देवकोटाको नाट्यकारीता उपर विशेष प्रकाश पार्नु भयो । नेपाली साहित्यमा सावित्री र सत्यवानको बारेमा देवकोटाले भन्दा पहिले अरु दुईजनाले कृति लेखिसकेको तर ती कृतिहरूको अध्ययन हुन बाँकी रहेको तथ्य पनि खोल्नु भयो ।

साधारण सभा

१। २०६२ श्रावण २९ : केन्द्रको प्रथम वार्षीक साधारण सभा सम्पन्न भयो । उक्त सभाले सात सदस्यीय कार्य समितिको निर्विरोध रुपमा चयन भएको घोषणा गर्‍यो । निर्वाचित कार्य समितिका सदस्यहरू निम्नानुशार हुनुहुन्छ :—
१। श्री पद्म देवकोटा — अध्यक्ष
२। श्री गोविन्द प्रसाद ढकाल — उपाध्यक्ष
३। श्री शैलेन्दुप्रकाश नेपाल — सचिव
४। श्री शरद ठाकुर — कोषध्यक्ष
५। श्री पार्थीवेश्वर तिमिल्सिना — सदस्य
६।  श्री अम्मराज जोशी — सदस्य
७। श्री खेम कुमार अर्याल — सदस्य

२। २०६२ भाद्र २५ : केन्द्रको आवश्यकतालाई ध्यानमा राखी बोलाएको साधारण सभा सम्पन्न भयो । यस सभाले मूलतय: नवनिर्वाचित कार्यदलले प्रस्तुत गरेको आगामी सालभरिको कार्यक्रम अनुमोदन गर्‍यो ।

आगामी कार्यक्रमहरू 

१) २०६२ कात्र्तिक २६ गते महाकविको जन्मजयन्तिको अवशरमा इकोपोयटिक्सको छोटो परिचय साथै यस वातावरणीय दर्शनको दृष्टिकोणबाट श्री अम्मराज जोशीले महाकवि देवकोटाको “देवकोटा र गौंथली” शीर्षकको कविताको व्याख्या गर्ने र यसैको आधारमा छलफल गर्ने गराउने तयारी भइरहेको छ ।

२) महाकवि देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रको प्रथम वार्षिक सम्मेलन २०६२ चैत्र २५ र २६ गते आयोजना गर्ने निर्णय गरेको छ ।

महाकवि देवकोटा केन्द्रका सदस्यहरू

यस महाकवि देवकोटा केन्द्रका ११ जना आजीवन र १८ जना साधारण गरी जम्मा २९ जना सदस्यहरू छन् । आजीवन सदस्यहरूको नामावली निम्नानुशार छ :—

००१–०६२ श्रीधर लोहनी 
००२–०६२ रामेश्वर अधिकारी 
००३–०६२ वशन्त लोहनी 
००४–०६२ गीता केशरी 
००५–०६२ चुढामणी बन्धु 
००६–०६२ पद्म देवकोटा 
००७–०६२ बुद्ध देवकोटा 
००८–०६२ शारदा अधिकारी 
००९–०६२ शरद ठाकुर 
०१०–०६२ गोविन्द प्रसाद ढकाल 
०११–०६२ खेम कुमार अर्याल 

महाकवि देवकोटा बारे

नेपाली वाङ्मय प्रतिष्ठानको २०६२ असोज २५ मा बसेको बैठकले २०६२ सालको महाकवि देवकोटा पुरष्कार श्री सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ । सो पुरष्कार उहाँलाई नेपाल भाषामा दुईवटा महाकाव्य — जयप्रताप र श्वेत चैत्य — लेखी नेपाल भाषा साहित्यलाई महाकाव्यात्मक उँचाइमा पुर्‍याउन योगदान गरेकोमा प्रदान गरिएको हो । महाकवि देवकोटा पुरष्कार नेपाली तथा राष्ट्रिय भाषाका महाकविहरूलाई र महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने व्यक्तिहरूलाई दिइने व्यवस्था छ । यो पुरष्कार कुमार बहादुर जोशी, भरतराज मन्थलीय, चुढामणि बन्धु, गोपाल अस्क र भानुभक्त पोखरेललाई प्रदान गरिसकेको छ ।

महाकवि देवकोटा केन्द्रको अनुरोध

१) महाकवि देवकोटा केन्द्रले अनुसन्धानलाई सघाऊ पुर्‍याउने हेतुले महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रकाशित र अप्रकाशित कृतिहरू र तिनै कृतिहरू उपर लेखिएका लेख, रचना, पुस्तक, आदिका अभिसूचि तयार पार्ने काम शुरु गरिसकेको छ । प्रत्येक नयाँ सूचनाको रु ५।– को दरले पारिश्रमीक दिने व्यवस्था समेत भएकोले इच्छुक व्यक्तिहरूले निम्न ढाँचामा सूचना संकलन गर्न मद्दद गरिदिनु हुन अनुरोध छ :—
पुस्तक : 
लेखकको थर, नाम । पुस्तकको शीर्षक । प्रकाशन भएको ठाउँ : प्रकाशक, प्रकाशन मिति ।
लेख–रचना : 
लेखकको थर, नाम । “लेखको शीर्षक ।” पत्रिकाको शीर्षक अङ्क (महिना साल) : लेख शुरु भएको पृष्ट – लेख अन्त्य भएको पृष्ट । 

२) महाकवि देवकोटाका कृतिहरूको अध्ययनको सिलसिलामा आफ्ना मौलिक विचार तथा प्रतिक्रियाहरू यस केन्द्रको त्रैमासिक गतिविधिमा छाप्न इच्छुक महानुभावहरूले बढीमा ३०० शव्द ननाघेको छोटो लेख पठाएर सहयोग गरिदिनु हुन अनुरोध छ । 
 
 

प्रकाशक : महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसनधान केन्द्र, ११०—३६ शास्त्रीमार्ग, कवि–कुञ्ज, मैतीदेवी, काठमान्डु । फोन :— ४४१३२४९, ४३५०२९४

 

“महात्माहरू पलेंटी मारेर दुनियाँ बुझ्छन् तर माष्टरहरू मेचमा डटेर दुनियाँलाई बुझाइरहेछन्—के? नक्कल, उल्था, उतार र आधुनिक अज्ञान π” –महाकवि लक्ष्मीप्रसाद देवकोटा, “सुकुलमाथि,” लक्ष्मी निबन्ध संग्रह ।

“म भाव या भावनालाई नै प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पछिल्ला दर्जाका क्रम हुन् ।” –महाकवि लक्ष्मीप्रसाद देवकोटा, “आमाको दिल,” लक्ष्मी निबन्ध संग्रह ।

“मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन ।” –महाकवि लक्ष्मीप्रसाद देवकोटा, “छन्द र लय,” लक्ष्मी निबन्ध संग्रह ।